नेभिगेसन मेनु

नौ खेलाडीमा समेटिएको बार्सिलोनाको उत्कृष्ट पूनरागमन जित
सम्पादक:南亚网络电视
समय:2022-11-09 10:54

 

घरेलु टोली ओसासुनासँग १–० ले पछि परेको स्थिति उल्ट्याएर क्याट्लान क्लब बार्सिलोनाले २–१ को पूनरागमन जित दर्ता गरेको हो। 

पाम्पलोना स्पेनमा गएराति भएको खेलमा बार्सिलोनालाई जिताउन पेड्री र राफिन्हाले गोल गरे। घरेलु टोलीका डेभिड गार्सियाको गोल सान्त्वना बन्यो ।

खेलको छैठौं मिनेटमा गार्सियाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। खेलको ३१औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटियो। रोबर्ट लेवान्डोस्की दोहोरो पहेलो कार्ड पाएर मैदान बाहिरिएपछि बार्सिलोना थप दबाबमा पर्‍यो।

त्यसपछि पहिलो हाफको इन्ज्युरी समयमा डिफेन्डर जेरार्ड पिके पनि रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि पहिलो हाफमै बार्सिलोना ९ खेलाडीमा समेटियो। त्यसपछि थप दबाबमा परेको बासर्लोनाले दोस्रो हाफमा सानदार प्रदर्शन गर्‍यो।

खेलको ४८औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए। ८५औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई उत्कृष्ट पूनरागमन जित दिलाए। 

त्यसपछि खेलमा थप गोल हुन नसक्दा बार्सिलोनाले महत्वपूर्ण तीन अंक जोड्यो।

यो रोमाञ्चक पूनरागमन जितसँगै बार्सिलोनाले शीर्षस्थानमा रियल म्याड्रिडलाई ५ अंकले पछि पारेको छ। 

शीर्षस्थानमा रहेको बार्सिलोनाको १४ खेलबाट ३७ अंक हुँदा एक खेल कम खेलेको रियल म्याड्रिडको ३२ अंक छ। यस्तै पराजित ओसासुना २३ अंक जोडेर छैठौं स्थानमा कायमै छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर