नेभिगेसन मेनु

कतार विश्वकपका लागि डेनमार्कले सार्वजनिक गर्यो टोली
सम्पादक:南亚网络电视
समय:2022-11-08 11:21

 

म्याचेस्टर युनाइटेड मिडफिल्डर क्रिष्टियन इरिक्सनलाई समेट्दै डेनमार्कले कतार विश्वकप टोली तयार पारेको छ । प्रशिक्षक कास्पर हजुलमान्डले सन् २०२० युरो खेल क्रममा अचेत भइ मैदान ढलेका इरिक्सनसहित २१ खेलाडीको नाम सार्वजनिक गरेका हुन् । कास्परले पाँच थप खेलाडी केहि दिनपछि सार्वजनिक गर्ने बताएका छन् । ‘ती १०–१२ खेलाडी अन्तिम स्थानका लागि तयारी गरिरहेका छन्,’ कास्परले भनेका छन् । इरिक्सन मैदानमा ढलेपछि आठ महिना फर्किएका थिए । फिनल्यान्डविरुद्ध जुन १२ मा उनि मैदानमा ढलेका थिए । यसपछि उनि इन्टर मिलानबाट प्रिमियर लिग क्लब ब्रेन्टफोर्ड पुगेका थिए । यसपछि युनाइटेड पुगेका हुन् ।
मार्चमा अन्तर्राष्ट्रिय खेलमा फर्कदै इरिक्सनले  नेदरल्यान्ड्सविरुद्ध गोल गरिसकेका छन् ।  डेनमार्कको टोलीमा नियमित कप्तान सिमोन केजाएरले स्थान बनाएपनि लेस्टर सिटी डिफेन्डर जानिक भेस्टरगार्ड र आरबी लाइपजिगका स्ट्राइकर युसुफ पाउल्सेन भने समावेश हुने छैनन् । 
समूह डी मा रहेका डेनमार्कले २२ नोभेम्बरमा ट्युनिसियासँग खेल्दै विश्वकप सुरु गर्नेछ । यसपछि साविक विजेता फ्रान्स र अस्ट्रेलियासँग खेल्नेछ ।
#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर