नेभिगेसन मेनु

प्रधानसेनापति ट्राइ एडभेन्चर मङ्सिरमा हुने
सम्पादक:南亚网络电视
समय:2022-11-04 11:25
blog

 कात्तिक १७ गते । नेपाली सेनाको आयोजनामा पाँचौं संस्करणको प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राइ एडभेन्चर प्रतियोगिता आगामी मङ्सिरमा हुने भएको छ ।     

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीको सहभागिता रहने उक्त प्रतियोगिता आगामी मङ्सिर ९ गते हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका सेनानी एवं उक्त प्रतियोगिताका निर्देशक राजीव चन्दले जानकारी दिनुभयो । 

उहाँले उक्त प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक टोलीले आगामी मङ्सिर १ गतेसम्म टिम दर्ता गराउन पाउनेसमेत बताउनुभयो । उक्त प्रतियोगितामा निःशुल्क टिम दर्ता गराउन पाइनेछ । दौड, साइक्लिङ र र्‍याफ्टिङ समावेश हुने उक्त प्रतियोगितामा एक टिममा चार खेलाडी सहभागी हुनेछन् ।

प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टोलीले  दुई लाख रुपियाँ प्राप्त गर्नेछ । यसैगरी दोस्रो हुने टोलीलाई एक लाख ६० हजार, तेस्रोलाई एक लाख, चौथोलाई २० हजार र पाँचौँलाई १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने बताईएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर