नेभिगेसन मेनु

आर्सनलको फराकिलो जीत
सम्पादक:南亚网络电视
समय:2022-10-31 11:51

arsnal1667145042_zsLpKzB9OP

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आर्सनलले फराकिलो जीत निकालेको छ । शनिबार राति भएको खेलमा नोट्टिन्हाम फरेस्टलाई ५-० गोलले पराजीत गर्दै आर्सनल लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

इमिरेट्स रंगशालामा भएको खेलमा आर्सनललाई जीत दिलाउन रेइस नेल्सनले दुई गोल गर्दा थोमस पार्टी, मार्टिन ओडेगार्ड र गाब्रियल मार्टिनेलीले समान एक-एक गोल गरे । खेलको पाँचौ मिनेटमा साकाको क्रसमा गाब्रियलले हेडर गोल गर्दै आर्सनललाई शुरुवाती अग्रता दिलाएका थिए । ४९ औं मिनेटमा नेल्सनले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए ।

५२ औं मिनेटमा जेससको पासमा नेल्सनले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई सहज जीततर्फ अगाडि बढाए । ५७ औं मिनेटमा नेल्सनको पासमा थोमसले गोल गर्दा आर्सनलले खेलमा ४-० गोलको अग्रता लिएको थियो । यस्तै ७८ औं मिनेटमा जेससको पासमा ओडेगार्डले गोल गर्दै आर्सनललिई ५-० गोलको जीत दिलाए ।

जीतसँगै आर्सनल १२ खेलबाट ३१ अंकको साथ लिगको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट ९ अंक जोडेको नोट्टिन्हाम लिगको पुछारमा रहेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर