नेभिगेसन मेनु

महिला क्रिकेट आजदेखि
सम्पादक:南亚网络电视
समय:2022-10-09 14:57

ci

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेट आइतबार पोखरा क्रिकेट रंगशालामा सुरु हुँदै छ । प्रतियोगिताको औपचारिक उद्घाटन असोज २८ देखि हुने भए पनि महिला क्रिकेट अगाडि नै सुरु हुन लागेको हो । पहिलो दिन समूह ‘ए’ का गण्डकी प्रदेश र मधेस प्रदेश तथा सुदूरपश्चिम प्रदेश र वाग्मती प्रदेशबीच प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगितामा सात प्रदेश र दुई विभागीय टोली गरी ९ टोली सहभागी छन् । त्यसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा गण्डकी, मधेस, सुदूरपश्चिम, वाग्मती प्रदेश र एपीएफ क्लब रहेका छन् । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली, लुम्बिनी र प्रदेश १ रहेका छन् ।

एनआरएनए र त्रिभुवन आर्मी क्लबले भने महिला क्रिकेटमा सहभागिता जनाएका छैनन् । समूहका शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनल पुग्नेछन् ।

पुरुष क्रिकेट भने काठमाडौंमा सम्पन्न भइसकेको छ । नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई हराउँदै स्वर्ण पदक जितेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर