नेभिगेसन मेनु

साफ च्याम्पियनसिपमा आज नेपाल र श्रीलंका भिड्दै
सम्पादक:南亚网络电视
समय:2022-09-12 12:10

sambaa-760x500

 

काठमाडौं । काठमाडौंमा जारी महिला साफ च्याम्पियनसिप अन्तर्गत हुने खेलमा आज घरेलु टोली नेपाल र श्रीलंका भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुकी ५:३० बजे शुरु हुनेछ ।

आज हुने खेलमा दुवै टोली जीत निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । आज श्रीलंकालाई हराउँदै नेपाल आफ्नो विजयी यात्रालाई निरन्तरता दिन चाहन्छ । नेपालले पहिलो खेल भुटानलाई ४-० गोलले पराजीत गर्दै प्रतियोगिताको शुरु गरेको हो । हाल नेपाल एक खेलबाट ३ अंक जोड्दै समूह ‘बी’को शिर्ष स्थानमा रहेको छ । पहिलो पटक साफ जित्ने लक्षयमा रहेको नेपाल आज तुलात्मक रुपमा कमजोर रहेको श्रीलंकामाथि फराकिलो जीत निकाल्न चाहन्छ ।

यता श्रीलंकापनि आजको खेलमा नेपालमाथि सुखद नतिजा निकाल्दै प्रतियोगिताको अन्त्य गर्न चाहन्छ । श्रीलंका पहिलो खेलमा भुटानसँग ५-० गोलले पराजीत भएको थियो । हाल भुटान एक खेलबाट अंकविहीन रहँदै समूहको पुछारमा रहेको छ । नेपालले हालसम्म श्रीलंकासँग हार बेहोरेको छैन ।

1661578967548

 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर