नेभिगेसन मेनु

पाकिस्तानमाथि श्रीलंकाको जीत
सम्पादक:南亚网络电视
समय:2022-09-10 14:35

FcOqS3RXkAIw4-T-760x500

 

एजेन्सी । युएईमा जारी एसिया कपमा श्रीलंकाले पाकिस्तानलाई हराएको छ । शुक्रबार राति समपन्न सुपर ४ को अन्तिम खेलमा श्रीलंकाले पाकिस्तानलाई ५ विकेटले पराजीत गरेको हो ।

जीतको लागि १ सय २२ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १७ ओभरमै ५ विकेटको क्षतिमा १ सय २४ रन बनाउँदै लक्ष्य भेट्टायो । श्रीलंकाको लागि पाथूम निस्सान्काले ४८ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गर्दै ५५ रन बनाए । भानुका राजापास्काले २४, डासुन शानाकाले २१ रन र वनिन्डु हासारांगाले १० रनको योगदान गरे ।

पाकिस्तानको लागि मोहम्मद हासाइन र हारिस राउफले समान दुई-दुई विकेट लिँदा उस्मान कवाडिरले एक विकेट लिए ।

यसअघि दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तान १९.१ ओभरमा अलआउट हुँदै १ सय २१ रनमा समेटिएको थियो । पाकिस्तानको लागि बाबर अजामले सर्वाधिक ३० रन बनाउँदा मोहम्मद नावाजले २६, मोहम्मद रिजवानले १४ रन बनाउँदा फखर जामन र इफिखर अहमेदले समान १३-१३ रन बनाए ।

पाकिस्तानलाई सस्तैमा समेट्न श्रीलंकाको लागि वानिन्दु हासारांगाले तीन विकेट लिँदा महेश थेक्शाना र प्रमोद मादुसनले समान दुई-दुई विकेट लिए । यस्तै धनन्जय डी सिल्भा र चामिका कारुनारात्नेको नाममा एक-एक विकेट लिए ।

जीतसँगै श्रीलंका ३ खेलबाट ६ अंक जोड्दै तालिकाको शिर्ष स्थानमा रहँदा समान खेलबाट ४ अंक जोडेको पाकिस्तान दोस्रो स्थानमा रह्यो । अब भोलि हुने फाइनल खेलमा फेरि पाकिस्तान र श्रीलंकानै भिड्नेछन् ।

1661578967548

 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर