साफ यु-२० च्याम्पियनसिपको उपाधि भारतलाई
समय:2022-08-06 03:37

एजेन्सी । फरवार्ड गुर्किरत सिंहले चार गोल गरेपछि भारतले साफ यु-२० च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । शुक्रबार राति सम्पन्न फाइनल खेलमा बंगलादेशलाई अतिरिक्त समयमा ५-२ गोलले पराजित गर्दै भारतले लगातार दोस्रोपटक च्याम्पियनसिपको उपाधि जितेको हो ।

भुवनेश्वरथित कालिंगा रंगशालामा भएको खेलमा भारतलाई उपाधि दिलाउन गुर्किरतले चार गोल गर्दा हिमान्सु जान्ग्राले एक गोल थपे । बंगलादेशका मोहमद रोजन र शाहीम मियाले एक/एक गोल गरे । निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको खेलमा भारतले तीन गोल थप्दै जीत निकालेको हो ।

भारतको लागि गुर्किरत सिंहले दोस्रो, ६० औं, ९३ औं र ९९ औं मिनेटमा गोल गरे । हिमान्सुले ९२ मिनेटमा गोल गरे । यस्तै बंगलादेशको लागि रोजनले ४५ औं र मियाले ४८ औं मिनेटमा गोल गरेका थिए ।

यससँगै भारतले लगातार दोस्रोपटक उपाधि उचाल्दा बंगलादेश लगातार तेस्रोपटक उपविजेतामा सिमित बनेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर