नेभिगेसन मेनु

वुमेन्स युरोकप : स्वीडेन सेमिफाइनलमा
समय:2022-07-23 05:00

एजेन्सी  । फिफा वरीयताको दोस्रो स्थानमा रहेको स्वीडेन युईएफए वुमेन्स युरोकपको सेमिफाइनलमा पुगेको छ । शुक्रबार राति भएको खेलमा बेल्जियमलाई १-० गोलले पराजित गर्दै स्वीडेन युरोकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

लिग स्पोर्ट्स भिलेज रंगाशाला भएको खेलमा स्वीडेनलाई जीत दिलाउन लिन्डा सेम्ब्रान्टले निर्णायक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको इन्जुरी समयमा नाथालीको पासमा लिन्डाले गोल गर्दै स्वीडेनलाई १-० गोलको जीत दिलाएकी हुन् ।

अब स्वीडेनले फाइनल प्रवेशको लागि घरेलु टोली इंग्ल्याण्डको सामना गर्नेछ । इंग्ल्याण्डले स्पेनलाई २-१ गोलले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षीत गरेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर