नेभिगेसन मेनु

इङ्ल्यान्डको युवा टोलीलाई युरोकपको उपाधि
समय:2022-07-02 04:00

एजेन्सी । इङ्ल्यान्डले युईएफए युरो यु-१९ को उपाधि जितेको छ । शुक्रबार भएको फाइनल खेलमा इज्रायललाई अतिरिक्त समयमा ३-१ गोलले पराजित गर्दै इङल्यान्डले दोस्रोपटक युरोकपको उपाधि जितेको हो ।

स्लोभाकियाको एन्टोन मालाटिन्स्की स्टेडियममा भएको खेलमा इङ्ल्यान्डलाई जीत दिलाउन क्यालुम डोयले, कार्नी चुक्वेमेका र एरोन राम्सेले एक/एक गोल गरे । इज्रायलको लागि ओस्कार ग्लोचले एक गोल फर्काए । खेलको निर्धारित ९० मिनेट १-१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुगेको खेलमा इङ्ल्यान्ड दुई गोल गर्दै विजयी भयो ।

खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा इज्रायल पराजित हुन बाध्य भयो । ४० औं मिनेटमा ग्लोचले गोल गर्दै इज्रायललाई शुरुवाती अग्रता दिलाएका थिए । ५२ औं मिनेटमा डोयलेले गोल गर्दै इङ्ल्यान्डलाई १-१ गोलको बराबरीमा ल्याए । बाँकी निर्धारित समयमा थप गोल नभएपछि अतिरिक्त समयमा पुगेको खेलको १ सय आठौं मिनेटमा चुक्वेमेकाले गोल गर्दै इङ्ल्यान्डलाई २-१ गोलको अग्रता दिलाए ।

यस्तै १ सय १६ औं मिनेटमा राम्सेले गोल गर्दै इङ्ल्यान्डलाई ३-१ गोलको जीत दिलाए । यसअघि इङ्ल्यान्डले सन् २०१७ मापनि युरो यु-१९ को उपाधि जितेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर