नेभिगेसन मेनु

गुजरातलाई आईपीएलको उपाधि
समय:2022-05-30 04:27

एजेन्सी । गुजरात टाइटान्सले इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटको उपाधि जितेको छ । आइतबार राति सम्पन्न फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै गुजरातले पहिलो सहभागितामै आईपीएलको उपाधि चुमेको हो ।

जीतको लागि १ सय ३१ रनको लक्ष्य पछ्याएको गुजरातले १८.१ ओभरमा ३ विकेटको क्षतिमा १ सय ३३ रन बनाउँदै लक्ष्य भेट्टायो । गुजरातको लागि शुभ्मन गिलले सर्वाधिक ४५ रन जोडे । उनले ४३ बलमा ३ चौका र १ छक्का प्रहार गरे । यस्तै कप्तान हार्दिक पाण्ड्यले ३० बलमा ३ चौका र १ छक्काको मद्दतमा ३४ रन बनाउँदा मिल्लरले ३२ रन बनाए । उनले १९ बलमा ३ चौका र १ छक्कानै प्रहार गरे ।

राजस्थानको लागि युज्वेन्द्र चहाल, प्रसिद्ध कृष्ण र ट्रेन्ट बोल्टले एक/एक विकेट लिए ।

यसअघि अहमेदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३० रन बनाएको थियो । राजस्थानको लागि जोस बट्लरले सर्वाधिक ३९ रन बनाए । उनले ३५ बलमा ५ चौका प्रहार गरे । यस्तै यशस्वी जैसवालले १६ बलमा २ छक्का र १ चौकाको सहयोगमा २२ रन बनाउँदा रियान परागले १५, सन्जु सामसनले १४ र शिमरोन हेटमायर र ट्रेन्ट बोल्टले ११/११ रनको योगदान गरे ।

गुजरातको लागि कप्तान हार्दिक पाण्ड्यले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । यस्तै साई किशोरले २ ओभरमा २० रन दिएर २ विकेट लिँदा रसिद खान, मोहम्मद शामी र याश डायलले एक/एक विकेट लिए ।

यससँगै गुजरातले डेब्यु सिजनमै उपाधि चुमेको छ भने दोस्रो पटक फाइनल खेलेको राजस्थानले उपविजेतामा चित्त बुझाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर