नेभिगेसन मेनु

युगान्डासँग नेपालको लगातार दोस्रो हार
समय:2022-05-18 04:11

काठमाडौं । घरेलु मैदानमा जारी महिला टि-२० आई सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । मंगलबार दिउँसो भएको खेलमा नेपाललाई एक विकेटले पराजित गर्दै युगान्डाले पाँच खेलको सिरिजमा २-० को अग्रता लिएको हो ।

जीतको लागि १ सय २ रनको समान्य लक्ष्य पछ्याएको युगान्डाले १९.५ ओभरमा ९ विकेटको क्षतिमा १ सय २ रन बनाउँदै लक्ष्य भेट्टायो । युगान्डालाई जीत दिलाउन रिता मुसामलीले सर्वाधिक ३० रन बनाइन् । उनीले ३४ बलमा ३ चौका प्रहार गरिन् । यस्तै फ्रान्किन नाज्जुम्बाले १९, जनेट म्बाबाजीले १६ रन बनाईन् ।

नेपालको लागि कविता कुँवर र सब्नम राईले २/२ विकेट लिँदा सीता राना मगर र रुविना चौधरीले एक/एक विकेट लिइन् ।

यसअघि टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १ रन बनाएको थियो । नेपालको लागि बिन्दु रावलले सार्वाधिक २६ रन बनाइन् । उनले ३६ बलमा २ चौका प्रहार गरिन् । यस्तै सरिता मगरले २२ र कप्तान रुबिना क्षेत्रीले १७ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

युगान्डाको लागि जानेट म्बाबाजीले २ विकेट लिँदा इभेल्न अन्यिपो, कोंकी अवेको र रिता मुसामलीले एक/एक विकेट लिइन् ।

नेपाल पहिलो खेलमा पनि १२ रनले पराजित भएको थियो । अब दुई टोलीबीचको तेस्रो टि-२० आई बिहीबार हुनेछ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर