नेभिगेसन मेनु

पहिलो एकदिवसीयमा नेपाल पराजित
समय:2022-05-07 04:23

काठमाडौं । जिम्बाब्वे ‘ए’ विरुद्ध घरेलु मैदानमा जारी एकदिवसीयको पहिलो खेलमा नेपाल पराजित भएको छ । शुक्रबार भएको खेलमा नेपाललाई ३ विकेटले पराजित गर्दै जिम्बाब्वे ‘ए’ले तीन खेलको सिरिजमा १-० अग्रता लिएको हो ।

जीतको लागि १ सय ३७ रनको झिनो लक्ष्य पछ्याएको जिम्बाब्वे ‘ए’ले २६ ओभरमा ७ विकेटको क्षतिमा १ सय ३७ रन बनाउँदै लक्ष्य भेट्टायो ।

जिम्बाब्वेलाई जीत दिलाउन इनोसेन्ट काइआले सर्वाधिक ४८ रन बनाए । उनले ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरे । यस्तै सेफास हुवाओले २९ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३२ रन बनाउँदा ब्राड एभिन्सले १७ र रोए काइआले १४ रनको योगदान गरे ।

नेपालको लागि सन्दीप लामिछानेले १० ओभरमा ३२ रन दिएर २ विकेट लिए । करण केसीलेपनि ५ ओभरमा ३० रन दिएर २ विकेट लिँदा सोमपाल कामी र सागर ढकालले १/१ विकेट लिए ।

यसअघि टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ३१.३ ओभरमा अलआउट हुँदै १ सय ३६ रनमा समेटिएको थियो । नेपालको लागि सोमपाल कामीले सर्वाधिक ३० रन जोडे । उनले ७० बलमा २ चौका र १ छक्का प्रहार गरे । यस्तै करण केसीले ३६ बलमा ३ चौकाको मद्दतमा २५ रन बनाउँदा कुशल भुर्तेलले १९ र दीपेन्द्र सिंह एरीले १८ रनको योगदान गरे । नेपालका ७ ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

जिम्बाब्वे ‘ए’को लागि ब्रान्ड इभान्सले ८.३ ओभरमा २७ रन दिएर ४ विकेट लिए । यस्तै भिक्टर याउची, ब्रान्डोन माभुटा र सेफास ज्जुवाओले २/२ विकेट लिए । अब दुई टोलीबीचको दोस्रो एकदिवसीय भोलि शनिबार हुनेछ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर