नेभिगेसन मेनु

चेन्नईमाथि पन्जाबको जीत
समय:2022-04-26 04:52

एजेन्सी । इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा पन्जाब किङ्स विजयी भएको छ । सोमबार राति सम्पन्न खेलमा चेन्नई सुपर किङ्सलाई ११ रनले पराजित गर्दै पन्जाबले प्रतियोगितामा चौथो जीत निकालेको हो ।

जीतको लागि १ सय ८८ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७६ रनमात्र बनाउन सक्यो । चेन्नईको लागि अम्बती रायडुले सर्वाधिक ७८ रन जोडे । उनले ३९ बलमा ७ चौका र ६ छक्का प्रहार गरे। रुतराज गैकवाडले २७ बलमा ४ चौकाको मद्दतमा ३० रन बनाउँदा रविन्द्र जडेजाले २१ र महेन्द्र सिंह धोनीले १२ रन जोडे ।

पन्जाबको लागि कागिसो रबडा र रिशी धवनले २/२ विकेट लिँदा सन्दिप शर्मा र अर्शदिप सिंहले एक/एक विकेट लिए ।

यसअघि मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गर्न उत्रिएको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८७ रन बनाएको थियो । पन्जाबको लागि शिखर धवनले सर्वाधिक ८८ रन बनाए । उनले ५९ बलमा ९ चौका र २ छक्का प्रहार गरे । यस्तै भानुका राजापाक्साले ३२ बलमा २ चौका र २ छक्कासहित ४२ रन बनाउँदा लिभिङस्टोनले १९ र मयङ अग्रवालले १८ रनको योगदान गरे ।

चेन्नईको लागि ड्वायन ब्राभोले दुई र महेश थेकशानाले एक विकेट लिए ।

जीतसँगै पन्जाब ८ खेलबाट ८ अङ्क जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिदा पराजित चेन्नई समान खेलबाट ४ अङ्कको साथ नवौं स्थानमा यथावत छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर