नेभिगेसन मेनु

एएफसी कप छनोट: मछिन्द्र र ब्लु स्टार भिड्दै
समय:2022-04-05 03:36

काठमाडौं । एएफसी कप-२०२२ छनोट अन्तर्गत आज हुने प्लेअफको खेलमा नेपालको लिग च्याम्पियन मछिन्द्र क्लबले श्रीलंकन क्लब ब्लु स्टार एससीको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुकी ५ बजे शुरु हुनेछ ।

आज हुने खेलमा मछिन्द्र घरेलु मैदानमा जीत निकाल्दै दोस्रो चरण प्रवेश गर्ने दाउमा रहेको छ । अघिल्लो पटक क्लब लाइसेन्स नभएको कारण छनोट गुमाएको मछिन्द्र पहिलो पटक छनोट खेल्न लागेको हो । मछिन्द्रले अपराजित रहँदै लगातार दोस्रो पटक ए डिभिजन लिगको उपाधि उचालेको थियो । सोमबार भएको पत्रकार सम्मेलनमा बोल्दै मछिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटुवालले समूहचरणसम्म पुग्ने योजना रहेको बताएका थिए ।

यस खेलको विजेताले दोस्रो चरणमा भारतीय क्लब मोहन बगानसँग खेल्नेछ । खेल १२ अप्रिलमा हुनेछ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर