नेभिगेसन मेनु

म्यानचेस्टर डर्बीमा सिटीको शानदार जीत
समय:2022-03-07 05:33

एजेन्सी । इंग्लिस प्रिमियर लिगको शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले म्यानचेस्टर डर्बीमा शानदार जीत निकालेको छ । आइतबार राति भएको खेलमा सिटीले युनाइटेडलाई ४-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदान इतिहाद रंगशालामा भएको खेलमा सिटीलाई जीत दिलाउन केभिन डी ब्रुयन र रियाद माह्रेजले दुई/दुई गोल गरे । पहिलो हाफको पाँचौ मिनेटमै बर्नार्डो सिल्भाको पासमा ब्रुयनले गोल गर्दै सिटीलाई शुरुवाती अग्रता दिलाएका थिए । २२ औं मिनेटमा पावल पोग्वाको पासमा सन्चोले गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याएका थिए ।

२८ औं मिनेटमा डी ब्रुयनले व्यक्तिगत गोल गर्दै सिटीलाई २-१ गोलको अग्रता दिलाए । ६८ औं मिनेटमा डी ब्रुयनको क्रसमा माह्रेजले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।

यस्तै इन्जुरी समयको पहिलो मिनेटमा गुन्डोगानको पासमा माह्रेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४-१ गोलको शानदार जीत दिलाए ।

जीतसँगै सिटी २८ खेलबाट २९ अंक जोड्दै लिगको शिर्ष स्थानमा रहेको छ भने पराजित युनाइटेड समान खेलबाट ४७ अंक जोड्दै पाँचौ स्थानमा रहेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर