नेभिगेसन मेनु

डेम्बेले चम्किदा बार्सिलोनाको शानदार जीत
समय:2022-02-28 04:06

एजेन्सी । फ्रान्सेली युवा फरवार्ड ओसुमाने डेम्बेले चम्केपछि क्याटलान क्लब बार्सिलोनाले स्पेनिस लिग ला लिगामा शानदार जीत निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले एथेल्टिक क्लबलाई ४-० गोलले पराजित गरेको हो ।

घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जीत दिलाउन पिरे एम्रिक औबमियाङ, ओसुमाने डेम्बेले, लुक डि योङ र मेम्फिस डिपेएले एक/एक गोल गरे । पहिलो हाफको ३७ औं मिनेटमा औबमियाङले गोल गर्दै बार्सिलोनालाई खेलमा अगाडि बढाएका थिए । ७३ औं मिनेटमा डि योङको पासमा डेम्बेलेले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

९० औं मिनेटमा डेम्बेलेको पासमा डि योङले गोल गर्दा बार्सिलोना जीततर्फ अगाडि बढेको थियो । यस्तै इन्जुरी समयको तेस्रो मिनेटमा डेम्बेलेको पासमा डिपेएले गोल गर्दै बार्सिलोनालाई ४-० गोलको शानदार जीत दिलाए । जीतसँगै बार्सिलोना २५ खेलबाट ४५ अङ्कको साथ चौथो स्थानमा उक्लिएको छ । पराजित एथ्लेटिक क्लब २६ खेलबाट ३७ अङ्कको साथ आठौं स्थानमा छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर