नेभिगेसन मेनु

पहिलो टि-२० मा भारत विजयी
समय:2022-02-17 03:42

एजेन्सी । वेस्ट इन्डिजविरुद्ध घरेलु मैदानमा जारि पहिलो टि-२० अन्तराष्ट्रियमा भारत विजयी भएको छ । बुधबार राति सम्पन्न पहिलो टि-२० मा वेस्टइन्डिजलाई ६ विकेटले पराजित गर्दै भारतले ३ खेलको सिरिजमा १-० को अग्रता लिएको हो ।

जीतको लागि १ सय ५८ रनको लक्ष्य पछ्याएको भारतले १८.५ ओभरमा ४ विकेटको क्षतिमा १ सय ६२ रन बनाउँदै लक्ष्य भेट्टायो । भारतको लागि रोहित शर्मा, इशान किसान र सुर्यकुमार यादवले उत्कृष्ट प्रदर्शन गरे । कप्तान रोहित शर्माले १९ बलमा ४ चौका र ३ चौकासहित सर्वाधिक ४० रन बनाउँदा इशान किसानले ३५ रन जोडे । उनले ४२ बलमा ४ चौका प्रहार गरे । सुर्यकुमार यादवले १८ बलमा ५ चौका र १ छक्काको मद्दतमा ३४ रन बनाउँदा भेन्कातेस आयरले २४, विराट कोहलीले १७ र ऋषव पन्तले ८ रनको योगदान गरे ।

वेस्ट इन्डिजको लागि रोस्टन चेसले ४ ओभरमा १४ रन दिएर २ विकेट लिँदा फाबियन एलेन र शेल्डोन कोट्रेलले एक/एक विकेट लिए ।

यसअघि इडेन गार्डेनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५७ रन बनाएको थियो । इन्डिजको लागि निकलोस पोरानले सर्वाधिक ६१ रन जोडे । उनले ४३ बलमा ५ छक्का र ४ चौका प्रहार गरे । क्यले मायेर्सले २४ बलमा ७ चौकासहित ३१ रन बनाउँदा किएरोन पोलार्डले २४ र अकेल होसेइनले १० रनको योगदान गरे ।

भारतको लागि डेब्यु खेल खेलेका रवि बिश्नोइले ४ ओभरमा १७ रन खर्चिएर २ विकेट लिए । हर्सल पटेलले ४ ओभरमा ३७ रन दिएर २ विकेट लिँदा भुव्नेश्वर कुमार, दिपक चहार र युज्वेन्द्र चाहालले एक/एक विकेट लिए । अब दुई टोलीबीचको दोस्रो टि-२० शुक्रबार हुनेछ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर