नेभिगेसन मेनु

महासङ्घ र प्रिमियर इन्टरनेशनलबीच सहकार्य
समय:2022-02-15 03:54

काठमाडौं । नेपाल विद्यालय खेलकुद महासङ्घसँग प्रिमियर इन्टरनेशनल आइबी वल्र्ड विद्यालयले शैक्षिक गतिविधि र खेलकुद प्रतियोगिताका लागि सहकार्य गर्ने भएको छ । इन्टरनेशनल स्कुल स्पोर्टस् फेडेरेशन (आइएसएफ)को समन्वयमा विभिन्न उमेर समूहबीच च्याम्पिसनसीप प्रतियोगिता तथा शैक्षिक गतिविधि सञ्चालन गर्न ती दुई संस्थाबीच सहकार्य हुन लागेको हो ।

एक राष्ट्र एक सदस्य’ नीतिअनुरूप महासङ्घले आफ्नो नीति र निर्देशानुसार योग्यता पुगेका विद्यालयलाई सदस्यता प्रदान गर्दै आएको महासचिव राजकुमार कार्कीले जानकारी दिए । विश्वका १३१ देश सदस्य रहेको आइएसएफ अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको महासङ्घ सदस्य संस्था हो ।

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाको उपस्थितिमा भएको साझेदारी र सहकार्यको औपचारिक घोषणा कार्यक्रममा आइएसएफका अध्यक्ष लरेन्ट पेट्रिङकाले १९औँ आइएस जिन्मासाइड स्कुल समर गेम्स सन् २०२२ लाई गरिमामय तुल्याउन सदस्य विद्यालयको क्रियाशीलता र सहभागिता महत्वपूर्ण हुने बताए । उक्त प्रतियोगिता १४ देखि २२ मेसम्म फ्रान्समा हुँदैछ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर