नेभिगेसन मेनु

भलिबल टोली सम्मानित
समय:2022-02-06 04:16

काठमाडौं : सरकारले एभीसी सेन्ट्रल जोन विजेता महिला राष्ट्रिय भलिबल टोलीलाई शुक्रबार सम्मान गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगदसहित सम्मान गरेका हुन्। 

विजेता १२ जना खेलाडी जनही ५ लाख, २ जना प्रशिक्षक जनही ३ लाख र १ जना अफिसियल २ लाख रुपैयाँले पुरस्कृत भए। प्रतियोगिता बंगलादेशको राजधानी ढाकामा पुस ६ देखि १६ गतेसम्म सञ्चालन भएको थियो।

‘तपाईंहरूले भलिबलको माध्यमबाट नेपालको शिर उँचो बनाउन गर्नुभएको मेहनत अति नै प्रशंसनीय छ,’ प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सम्मान कार्यक्रममा देउवाले भने, ‘भविष्यमा पनि यसलाई निरन्तरता दिनुहोला ।’

खेलकुदमन्त्री महेश्वरजंग गहतराजले पुरस्कारले खेलाडीमा जिम्मेवारी थपिएको बताए। भलिबलको कभर्डहल निर्माणका लागि आगामी बजेटमा सम्बोधन गर्नसमेत गहतराजले देउवासमक्ष अनुरोध गरे। भलिबल टोलीकी कप्तान अरुणा शाहीले खेलका दौरान घाइते भएकी स्पाइकर सरस्वती चौधरीको सम्पूर्ण उपचार खर्च उपलब्ध गराउन सरकारलाई आग्रह गरिन्।  

पुरुष जुनियर एकलतर्फ विश्व वरीयताको शीर्ष स्थानका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पनि सोही कार्यक्रममा सम्मानित भएका छन्। प्रम देउवाले प्रिन्सलाई सम्मानपत्रसहित बधाई दिए। प्रिन्स शीर्षस्थानमा उक्लिएका थिए। 

यसैबीच, राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई पनि सरकारले सम्मान गरेको छ। देउवाले अल्मुताइरीलाई धन्यवाद दिए। ‘तपाईंको प्रशिक्षणमा नेपाली फुटबलले नयाँ उचाइ लिनेछ भन्ने विश्वास लिएको छु,’ देउवाले भने। 

नेपाली खेलाडीमा पर्याप्त प्रतिभा रहेको र नेपालमा फुटबलप्रति मोह निकै रहेकाले रंगशाला बनाउन सके थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको अवसर पाउने प्रधानमन्त्रीलाई जानकारी गराएका छन्। प्रम देउवाले सरकार फुटबललाई सहयोग गर्न सधैं तयार रहेको जनाउँदै मन्त्रालयमार्फत छलफल गर्न सुझाएको राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसूदन उपाध्यायले जानकारी दिए।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर