नेभिगेसन मेनु

धवन र आयरसहित भारतीय टोलीका ७ जनामा कोरोना संक्रमण पुष्टि
समय:2022-02-03 05:15

एजेन्सी । वेस्ट इण्डिजविरुद्धको सिरिजको चार दिन अगाडि भारतलाई झट्का लागेको छ । बीसीसीआईले बुधबार भारतीय टोलीका चार खेलाडीसहित क्याम्पमा रहेका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेमा शिखर धवन, श्रेयस आयर, रुताराज गैकवाड, नवदीप सैनी, फिल्डिङ प्रशिक्षक टि दिलिप, सेकुरुटी अफिसर बि लोकेश र मसाज थेरापिस्ट राजिव कुमार रहेका छन् । यससँगै बीसीसीआईले मयंक अग्रवाललाई एकदिवसीय टोलीमा समावेश गरेको जनाएको छ । संक्रमण खेलाडी र टोलीका सदस्य होटलमै आइसोलेसनमा बस्नेछन् ।

भारत र वेस्ट इण्डिजका टोली अहमदावादस्थित होटेलमा पुगिसकेका छन् । दुवै टोली एउटै होटेलमा छुट्टाछुट्टै फ्ल्याटमा बस्नेछन् । बीसीसीआईको अनुसार दुवै टोली कम्तिमा ३/३ दिन होटेलको कोठामै क्वारेन्टाइनमा बस्नुपर्नेछ । भारतले बिहीबारबाट आफ्नो प्रशिक्षण शूर गर्नेछ भने इण्डिजले शुक्रबारबाट सिरिजको लागि तयारि शुरु गर्नेछ ।

तीन खेलको एकदिवसीय सिरिज अहमदावादमा बन्द रंगशालामा फेब्रुअरी ६ देखि ११ सम्म हुनेछ । त्यसपछि टि -२० सिरिज फेब्रुअरी १६,१८ र २० मा कोलकातामा हुनेछ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर