नेभिगेसन मेनु

रामोसको डेब्यु गोलमा पीएसजीको सानदार जित
समय:2022-01-25 03:48

एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सानदार जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले रेइम्सलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीलाई सानदार जित दिलाउनको लागि मार्को भेराट्टी, सर्जियो रामोस र डानिलो पेरेइराले समान एक–एक गोल गरे । एक गोल भने पीएसजीले उपहार गोल पाएको थियो ।

४४औं मिनेटमा मार्को भेराट्टीले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाए । ६२औं मिनेटमा रामोसले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । यसै समरमा स्पेनिस क्लब रियल म्याड्रिडबट पिएसजी आएका उनले क्लबका पहिलो गोल गरेका हुन् ।

६७औं मिनेटमा वोआउट फाइसले आत्मघाती गोल गरेपनि पिएसजी ३-०ले अघि बढ्यो । ७५औं मिनेटमा केलियन एमबाप्पेको पासमा डानिलो पेरेइराले गोल गर्दै पिएसजीलाई सानदार जित दिलाए ।

यो जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको २२ खेलबाट ५३ अंक पुगेको छ । पराजित रेइम्स २४ अंक जोडेर १४औं स्थानमा रहेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर