नेभिगेसन मेनु

एभरटनमा भिल्लाको जित
समय:2022-01-23 03:48

लन्डन (एएफपी) — इमिलिनो बुन्डियाको एकमात्र गोलको मद्दतले इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लाले एभरटनमा १–० को जित निकालेको छ । गुडिसन पार्कमा भएको खेलमा एभरटनका लागि डन्कन फर्गुसन दोस्रोपल्ट निमित्त व्यवस्थापकका रूपमा उत्रेका थिए । त्यसको पहिलो खेल हारमा टुंगियो । यो जितपछि २३ अंकसहित भिल्ला १३ औं स्थानमा रह्यो । हारले एभरटनमाथि रेलिगेसन तनाब बढेको छ । एभरटन १९ अंक लिएर १६ औं स्थानमा छ । यो रेलिगेसन क्षेत्रबाट ५ अंकको अग्रतामात्र हो ।

खेलको निर्णायक गोल बुन्डियाले पहिलो हाफको इन्ज्युरी समयमा गरे । उनले कर्नरमा उत्कृष्ट हेड गर्दै गोल गरेका हुन् । त्यसमा एभरटन गोलरक्षक जोर्डन पिकफोर्डसामु बचाउको कुनै अवसर थिएन । भिल्लाको यो जितमा दुई खेलाडीमाथि दर्शकदीर्घाबाट गरिएको बोतल प्रहारले तनावपूर्ण पनि रह्यो । बुन्डियाको गोलमा खुसी मनाउने क्रममा लुकास डिग्ने र म्याटी क्यासलाई ताकेर प्लास्टिकको बोतल प्रहार गरिएको थियो । त्यसले दुवै खेलाडीलाई चोट भने लागेन ।

यसअघि शुक्रबार जोस सार्गेन्टको दुई गोल मदतमा नर्विचले १० खेलाडीमा सीमित वाटफोर्डलाई ३–० ले हरायो । यो जितपछि पहिलोपल्ट रेलिगेसन क्षेत्र छाड्न सफल रह्यो । पछिल्ला ९ खेलमा जितविहीन रहेको वाटफोर्ड यो हारपछि पुछारको तीन स्थानमा झरेको छ । हारले व्यवस्थापक क्लाउडियो रेनेरीमाथि चर्को दबाब सिर्जना भएको छ ।

अमेरिकी खेलाडी सार्गेन्टले ५१ औं मिनेटमा पहिलो गोल गर्दै ७४ औं मिनेटमा दोस्रो गोल थपे । तेस्रो गोल दोस्रो हाफको इन्ज्युरी समयमा भयो । जुराज कुकाले वाटफोर्डका लागि दुर्भाग्यपूर्या आत्मघाती गोल गरे । त्यसअगाडि दोहोरो पहेँलो कार्डमा वाटफोर्डले इमानुल डेनिसलाई गुमाएको थियो । नर्विच रेलिगेसन क्षेत्रबाट दुई अंकले अगाडि रहे पनि पुछारका सबै तीन टिमले भन्दा बढी खेल खेलेको छ । न्युकासल र वाटफोर्डले नर्विचको तुलनामा दुई खेल कम खेलेको छ । बर्नलीले थप ५ खेल कम खेलेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर