नेभिगेसन मेनु

टी-२० विश्वकप : ग्लोबल क्वालिफायरका लागि नेपाली टोली घोषणा
समय:2022-01-21 03:39

काठमाडौं :नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरका लागि टोली घोषणा गरेको छ। बिहीबार नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो।

नेपालले सन् २०२२ मा हुने आइसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि सिधै ग्लोबल छनोट खेल्ने अवसर पाएको हो। उक्त विश्वकपमा १६ राष्ट्र सहभागी हुने आईसीसीले तय गरेको छ।

अष्ट्रेलियामा टी–२० विश्वकप क्रिकेट हुँदैछ। सो प्रतियोगिताको पुछारमा रहने चार टोली, क्षेत्रीय छनोटबाट आएका टोलीसँगै नेपाल, संयुक्त अरब इमिरेटस् (युएई), हङकङ र जिम्बाबेले सोझै ग्लोबल छनोट खेल्न पाउने अन्तर्राष्टिय क्रिकेट परिषद् (आइसीसी) ले जनाएको छ।

टी–२० क्रिकेटको अन्तर्राष्ट्रिय बरियताका आधारमा नेपालसहितका चार देशलाई सोझै ग्लोबल छनोट खेल्न अनुमति दिइएको हो। टी–२० विश्वकपको गत संस्करणमा नेपाल क्षेत्रीय छनोटमा पराजित भएपछि ग्लोबल छनोटसम्म पुग्न सकेको थिएन। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर