नेभिगेसन मेनु

फिफा विश्व ११ मा मेस्सी र रोनाल्डो पर्दा सलाह अटाएनन्
समय:2022-01-18 03:46

एजेन्सी । विश्व फूटबलको सर्वोच निकाय(फिफा)ले फिफप्रो विश्व ११ सार्वजनिक गरेको छ । सोमबार राति जुरिचमा भएको भर्चुअल अवार्ड समारोहमा फिफाले सार्वजनिक गरेको विश्व ११ मा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो पर्दा मोहम्मद सलाह अटाउन सकेनन् ।

फिफाले सार्वजनिक गरेको पुरुष वर्ष खेलाडीको अन्तिम मनोनयनमा समेत रहेका सलाहले विश्व ११ मा भने स्थान बनाउन सकेनन् । यस्तै रियल म्याड्रिडका करिम बेन्जिमा, पीएसजीका केलियन एम्बाप्पे र चेल्सीका गोलकिपर एडवार्ड मेन्डीपनि टोलीमा अटाउन सकेनन् ।

विश्व ११ को गोलकिपरमा पीएसजीका जिआन्लुगी डोनारुमा रहेका छन् । डिफेन्डरमा म्यानचेस्टर सिटीका रुबिन डियास, युभेन्टसका लियोनार्दो बोचुनी र रियल म्याड्रिडका डेभिड अलबा रहँदा मिडफिल्डमा चेल्सीका एन्गो कान्टे र जोर्जिन्हो र म्यानचेस्टर सिटीका केभिन डि ब्रुयन रहेका छन् ।

यस्तै फरवार्डमा पीएसजीका लियोनल मेस्सी, बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की, डर्टमण्डका इरिङ ब्राउट हालान्ड र म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डो रहेका छन् । गत सिजन गरेको खेलाडीको प्रदर्शनको अनुसार फिफाले विश्व ११ सार्वजनिक गरेको हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर