नेभिगेसन मेनु

महिलातर्फ एपीएफ र पुरुषतर्फ नेपाल आर्मी च्याम्पीयन
समय:2022-01-16 03:48

पोखरा :दोस्रो संस्करणको टाइगर कप आमन्त्रित महिला तथा पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै महिलातर्फ सशस्त्र प्रहरीको एपीएफ क्लब च्याम्पियन बनेको छ।  

पोखरा रंगशालाको भलिबल कोर्टमा शनिबार सम्पन्न खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले अर्को विभागीय टीम नेपाल आर्मीलाई लिग चरणमा भोगेको हारको समेत बदला लिँदै सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो। एपीएफले आर्मीलाई २५—२३, २५—१५ र २५—२० को सोझो सेटमा हराउन सफल भयो। 

पुरुष तर्फको खेलमा नेपाल आर्मीले टिपटप हेल्प नेपाल स्पोर्टस क्लबलाई ३—१ सेटमा पराजित गर्दै उपाधि उचाल्यो। आर्मीले टिप टप हेल्प नेपाललाई २५—१८, २४—२६, १८—२५ र २५—१९ ले हराउँदै उपाधि जिनेको हो। लिगचरणमा हार व्यहोरेको नेपाल आर्मीले टिपटप हेल्प नेपाल स्पोर्टस क्लबलाई फाईनलमा पराजित गरेको हो। 


प्रतियोगितामा विजेता महिला तथा पुरुष टोलीले ३/३ लाख रुपैयाँ राशीसहित च्याम्पियन ट्रफी प्राप्त गरेका छन्। उपविजेता टोलीले समान १ लाख ५० हजार पाउँदा तेस्रो भएका दुवै टोलीले समान ७५ हजार प्राप्त गरे। 

त्रिभुवन आर्मी क्लबका स्पाइकर धनबहादुर भट्ट क्षेत्री दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी चुनिए। टिप टप हेल्प नेपालका विनित कुमार प्रतियोगिता कै उत्कृष्ट स्पाइकर घोषित भए। हेल्प नेपालकै अमित उत्कृष्ट ब्लकर, नेपाल पुलिसका कप्तान इम रानामगर उत्कृष्ट सर्भर, आर्मीका हरि हजुर थापा उत्कृष्ट सेटर घोषित भए। ईश्वर थापा मगर उत्कृष्ट डिफेन्डर चुनिए। आर्मीका जगतबहादुर सिंह उत्कृष्ट प्रशिक्षक चुनिए। 

यसैगरी महिलातर्फ एपीएफकी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। आर्मीकी शान्तीकुमार थारु उत्कृष्ट स्पाइकर, एपीएफकी हिरा केसी उत्कृष्ट ब्लकर, निरुता ठगुन्ना उत्कृष्ट सर्भर, आर्मीकी कृपा अधिकारी उत्कृष्ट सेटर र होङ्गान्जी न्यु डायमन्ड स्पोर्टसकी सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्डर चुनिन्। एपीएफका महेशबहादुर चौधरी महिलातर्फ उत्कृष्ट प्रशिक्षक चुनिए। महिला तथा पुरुषतर्फको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार प्राप्त गरे। उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर, लिवेरो र प्रशिक्षकले समान १०/१० हाजार रुपैयाँ पाए। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर