नेभिगेसन मेनु

फाइनल प्रवेशको लागि रियल म्याड्रिड र बार्सिलोना भिड्दै
समय:2022-01-12 11:33

एजेन्सी । स्पेनिस सुपर कप अन्तर्गत आज हुने पहिलो सेमिफाइनल खेलमा विश्व फूटबलका दुई महारथी क्लब रियल म्याड्रिड र बार्सिलोना भिड्दैछन् । साउदी अरबिया स्थित किङ फहाद रंगशालामा हुने ‘एल क्लासिको’ राति १२:४५ बजे शुरु हुनेछ ।

आज हुने खलमा दुवै टोली जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । गत अक्टोबरमा ला लिगा अन्तर्गत भएको खेलमा घरेलु मैदानमा रियल म्याड्रिड २-१ गोलको हार बेहोरेको बार्सिलोना आजको खेलमा बदला लिन चाहन्छ । गत सिजन एथ्लेटिक बिल्बाओसँग ३-२ ले पराजित भएसँगै बार्सिलोना १४ औं पटक सुपर कप जित्नबाट वन्चित भएको थियो । सुपर कपको सर्वाधिक सफल टोली बार्सिलोनाले यस सिजन आफ्नो लय समात्न सकेको छैन ।

सिजनको पुर्वसन्ध्यामा क्लबका महत्त्वपूर्ण खेलाडी लियोनल मेस्सीले क्लब छोडेपछि बार्सिलोनाले घरेलु लिगमा संघर्ष गरिरहेको छ भने च्याम्पियन्स लिगको समूहचरणबाटै बाहिरिएको छ । ला लिगामा शनिबार भएको खेलमा ग्रानाडासँग १-१ गोलको बराबरी खेलेको बार्सिलोना हाल २० खेलबाट ३२ अङ्क जोड्दै लिगको छैटौं स्थानमा रहेको छ । जुन शिर्ष स्थानमा रहेको रियल म्याड्रिडको भन्दा १७ अङ्क कम हो ।

यता रियल म्याड्रिडपनि बार्सिलोनालाई हराउँदै फाइनलमा आफ्नो स्थान सुरक्षीत गर्न चाहन्छ । गत सिजन सेमिफाइनलमा एथ्लेटिक बिल्बाओसँग पराजित हुँदै घर फर्किएको म्याड्रिड यसपटक भने कुनै गल्ती गर्न चाहन्न । म्याड्रिडले पछिल्लो पटक सन् २०२० मा सहरी प्रतिद्वन्दी एथ्लेटिको म्याड्रिडलाई पेनाल्टी सुटआउटमा ४-१ गोलले हराउँदै ११ औं पटक उपाधि जितेको थियो ।

बार्सिलोना विरुद्ध भएको पछिल्लो ४ भेटमा सतप्रतिशत जित निकालेको म्याड्रिड सोही लयलाई निरन्तरता दिन चाहन्छ । शनिबार घरेलु लिग अन्तर्गत भएको खेलमा भ्यालेसियालाई ४-१ गोलले पराजित गरेको म्याड्रिड हाल ला लिगामा २१ खेलबाट ४९ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा रहेको छ । यसअघि २०१७/१८ सिजनमा म्याड्रिडले दुई लेग फाइनल खेलमा बार्सिलोनालाई ५-१ गोलले पाखा लगाएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर