नेभिगेसन मेनु

न्युजिल्यान्डमाथि बंगलादेशको एतिहासिक जित
समय:2022-01-05 04:40

एजेन्सी । विश्व टेस्ट च्याम्पियन टोली न्युजिल्यान्डमाथि बंगलादेशले एतिहासिक जित निकालेको छ । बुधबार सम्पन्न पहिलो टेस्टमा न्युजिल्यान्डलाई ८ विकेटले पराजित गर्दै बंगलादेशले घरेलु टोलीविरुद्ध १६ खेलको जितविहिन यात्रालाई पुर्णविराम लगाएको हो । यससँगै न्युजिल्यान्डको घरेलु मैदानमा अपराजित यात्रा समाप्त भएको छ ।

जितको लागि ४० रनको झिनो लक्ष्य पछ्याएको बंगलादेशले १६.५ ओभरमा २ विकेटको क्षतिमा ४२ रन बनाउँदै लक्ष्य भेट्टायो । बंगलादेशको लागि नाज्मुल होसिनले १७, मोमिनुल हाकले १३, मुश्फिर रहमानले ५ र शाद्मन इस्लामले ३ रन जोडे । न्युजिल्यान्डको लागि टिम साउदी र क्यले जेमिसनले १/१ विकेट लिए ।

यसअघि बे ओभलमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले १ सय ८.१ ओभरमा सबै विकेट गुमाउँदै ३ सय २८ रन बनाएको थियो । न्युजिल्यान्डको लागि डेभोन कोन्वेले सतक प्रहार गर्दा हेन्री निक्लोस र विल योङले अर्धसतक प्रहार गरे । कोन्वेले २ सय २७ बलमा १६ चौका र १ छक्कासहित १ सय २२ रन बनाउँदा निक्लोसले १२७ बलमा १२ चौकाको मद्दतमा ७५ रन जोडे । यस्तै विल योङले १ सय ३५ बलमा ५२ रन जोडे । उनले ६ चौका प्रहार गरे ।

बंगलादेशको लागि शोरिफुल इस्लाम र मेहेदी हसन मिराजले ३/३ विकेट लिँदा मोमिनुल हाकले २ र एबाडोट होसाइनले १ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको बंगलादेशले समाग्रमा उत्कृष्ट प्रदर्शन गर्दै १ सय ७६.२ ओभरमा सबै विकेट गुमाउँदै ४ सय ५८ रन जोड्यो । बंगलादेशको लागि मोमिनुल हाक, लिटोन दास, माहमुदुल हसन जोए र नाज्मुल होसाइनले अर्धसतक प्रहार गरे मोनिनुल हकले २ सय ४४ बलमा १२ चौकासहित ८८ रन जोड्दा लिटोन दासले १ सय ७७ बलमा १० चौकासहित ८६ रन बनाए । यस्तै माहमुदुल हसनले ७८, माज्मुल होसाइनले ६४ र मेहिदी हसनले ४७ रनको योगदान गरे ।

न्युजिल्यान्डको लागि ट्रेन्ट बोल्टले ३५.२ ओभरमा ८५ रन खर्चिदै ४ विकेट लिए । यस्तै नेइल वाग्नेरले ३, टिम सोउदीले २ र क्यले जेमिसनले १ विकेट लिए ।

पहिलो इनिङ्समा १ सय २० रनले पछि रहँदै दोस्रो इनिङ्सको शुरुवात गरेको न्युजिल्यान्ड ७३.४ ओभरमा १ सय ६९ रनमै समेटियो । न्युजिल्यान्डको लागि विल योङले ६९ र रोस टेलरले ४० रन जोडेपनि अन्य ब्याट्सम्यानले सोचेअनुरुप प्रदर्शन गर्न नसक्दा बंगलादेशलाई जितको लागि ४० रनको झिनो लक्ष्य प्रस्तुत गरेको थियो ।

न्युजिल्यान्डलाई सस्तैमा समेट्न एबाडोटले २१ ओभरमा ४६ रन दिएर ६ विकेट लिए । टास्किन अहमेदले ३ विकेट लिँदा मेहिदी हसनको नाममा एक विकेट रह्यो । दुई टोलीबिचको दोस्रो टेस्ट ९ जनवरीबाट शुरु हुनेछ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर