नेभिगेसन मेनु

म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै उल्भ्ससँग पराजित
समय:2022-01-04 03:35

लन्डन — जाओ मोउटिन्होले खेल सकिन आठ मिनेट अगाडि गरेको एक मात्र गोलको मद्दतले उल्भ्सले म्यानचेस्टर युनाइटेडलाई उसको घरेलु मैदानमै सोमबार १–० ले हराएको छ । योसँगै म्यानचेस्टर व्यवस्थापकका रूपमा राल्फ राङनिकको अपराजित यात्रा टुंगेको छ ।

उल्भ्सले म्यानचेस्टरलाई ओल्ड ट्रायफोर्डमा हराएको सन् १९८० यता यो पहिलो पटक हो । उल्भ्सले निर्णायक गोल गर्न अगाडि पनि खेल आफ्नो नियन्त्रणमा राखेको थियो ।

खेलको अन्त्यतिर ब्रुनो फर्नान्डेजको फ्रि किकमा उल्भ्स गोलरक्षक जोस सले उत्कृष्ट बचाउ पनि गरे । यो जितपछि उल्भ्स १८ अंकमा आठौं स्थानमा उक्लिन सफल रह्यो । म्यानचेस्टर भने ७१ अंकमा सातौं स्थानमा कायम रह्यो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर