नेभिगेसन मेनु

डर्टमण्डको जितमा हालान्डको दुई गोल
समय:2021-12-16 03:50

एजेन्सी । नर्वेली युवा स्ट्राइकर इर्लिङ ब्राउट हालान्डको दुई गोलको सहयोगमा बोरुसिया डर्टमण्डले बुन्डेसलिगामा सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा डर्टमण्डले ग्रेउथेर फुर्थलाई ३-० गोलले पराजित गरेको हो ।

घरेलु मैदान सिंग्नल इडुना पार्कमा भएको खेलमा डर्टमण्डलाई जित दिलाउन हालान्डले दुई गोल गर्दा डोन्येल मालेनले एक गोल थपे । खेलको ३३ औं मिनेटमा हालान्डले पेनाल्टीमा गोल गर्दै डर्टमण्ड खेलमा अगाडि बढाएका थिए । ८२ औं मिनेटमा ब्रान्ड्टको पासमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

यस्तै ८९ औं मिनेटमा ब्रान्ड्टकै पासमा मालेनले गोल गर्दै डर्टमण्डलाई ३-० गोलको जित दिलाए । जितसँगै डर्टमण्ड १६ खेलबाट ३४ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ । पराजित फ्रुथ समान खेलबाट ४ अङ्कको साथ लिगको पुछारमा छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर