नेभिगेसन मेनु

च्यासलमाथि आर्मीको सहज जित
समय:2021-12-11 04:15

एजेन्सी । त्रिभुवन आर्मी फूटबल क्लबले कतार एयरवेज सहिद स्मारक ए-डिभिजनमा सहज जित निकालेको छ । शुक्रबार बेलुकी भएको खेलमा आर्मीले च्यासल युथ क्लबललाई २-० गोलले पराजित गरेको हो ।

जितसँगै आर्मी ४ खेलबाट ८ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । जारी लिगमा दोस्रो हार बेहोरेको च्यासल समान खेलबाट ४ अङ्क जोड्दै नवौं स्थानमा रहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीलाई जित दिलाउन जर्ज प्रिन्स कार्की र जगजित श्रेष्ठले एक/एक गोल गरे ।

खेलको १९ औं मिनेटमा टंक बस्नेतको पासमा प्रिन्सले गोल गर्दै आर्मीलाई खेलमा अगाडि बढाएका थिए । ३६ औं मिनेटमा गौतम श्रेष्ठको पासमा जगजित श्रेष्ठले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा आर्मी २-० गोलले विजयी भयो ।

यस्तै आज भएको पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई २-० गोलले हराउँदै नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लब लिगको शिर्ष स्थानमा उक्लिएको हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर