नेभिगेसन मेनु

लिभरपुल र आयाक्स सतप्रतिशत नतिजा निकाल्दै अन्तिम १६ मा
समय:2021-12-08 03:38

एजेन्सी । लिभरपुल र आयाक्स युईएफए च्याम्पियन्स लिगको समूह चरणको सबै खेल जित्दै अन्तिम १६ मा प्रवेश गरेका छन् । मंगलबार राति भएको आ-आफ्नो खेलमा एतिहासिक उपलब्धि हात पार्दै दुवै टोलीले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षीत गरेका हुन् ।

इटालीमा भएको खेलमा लिभरपुलले एसी मिलानलाई २-१ गोलले पराजित गरेको हो । लिभरपुललाई जित दिलाउन मोहम्मद सलाह र डिभोक ओरिगीले एक/एक गोल गरे । मिलानको लागि फिकायो टोमोरीले एक गोल गरे । खेलको २९ औं मिनेटमा रोमाग्नोलीको पासमा टोमोरीले गोल गर्दै मिलानलाई शुरुवाती अग्रता दिलाएका थिए ।

३६ औं मिनेटमा चाम्बेर्लिनको पासमा सलाहले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा ल्याए । यस्तै ५५ औं मिनेटमा मानेको पासमा ओरिगीले गोल गर्दै लिभरपुललाई २-१ गोलको जित दिलाए । जितसँगै लिभरपुल ६ खेलबाट १८ अङ्क जोड्दै शिर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको छ । पराजित मिलान समान खेलबाट ४ अङ्क जोड्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

यस्तै गएरातिनै भएको खेलमा आयाक्सले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै स्पोर्टिङ सिपीलाई ४-२ गोलले पराजित गर्यो । आयाक्सलाई जित दिलाउन सेबास्टिन हाल्लेर,एन्टोनी, डेभिड नेरेस र स्टेभेन बेर्घुइसले एक/एक गोल गरे । स्पोर्टिङको लागि नुनो सान्तोस र टाबाटाले एक/एक गोल फर्काए । यससँगै आयाक्स समूह चरणको सबै खेल जित्ने पहिलो डच क्लब बनेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर