नेभिगेसन मेनु

बिराट कोहलीले बनाए कीर्तिमान
समय:2021-12-07 04:44

मुम्बई:भारतीय क्रिकेटर बिराट कोहलीले कीर्तिमान बनाएका छन्। क्रिकेटको हरेक 'फर्मेट'मा ५० भन्दा बढी विजयी दिलाउने उनी पहिलो क्रिकेटर बनेका छन्।

न्युजील्यान्डविरुद्धको टेस्ट जितेपछि बिराटको यो कीर्तिमान सम्भव भएको छ। भारतीय क्रिकेट बोर्ड बीसीसीआइले पनि बिराटलाई यो कीर्तितमानको लागि बधाइ दिएको छ। क्रिकेटको हरेक फर्मेटमा ५० अन्तर्राष्ट्रिय विजयी बन्न सफल भएको भन्दै बीसीसीआइले बधाइ ज्ञापन गरेको छ।

बिराटले कूल ९७ टेस्ट खेलमध्ये ५० मा विजयी, २८ मा पराजित र १९ खेल बराबरीमा रोकिएको थियो।

त्यस्तै वान डेतर्फ कूलमध्ये १५३ मा विजयी, ८८ मा पराजय र ५ खेल बराबरीमा रोकिएको थियो। त्यस्तै टी-२० तर्फ ५९ खेलमा विजयी र ३१ खेलमा पराजित व्यहोरेका थिए। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर