नेभिगेसन मेनु

जीतका लागि नेपाललाई ९२ रनको लक्ष्य
समय:2021-11-27 04:07

आइसीसी महिला टी२० विश्वकप एसिया छनोटमा मलेसियाले नेपाललाई ९३ रनको लक्ष्य दिएको छ । दुबईको आइसीसी एकेडेमीमा पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९२ रन बनायो । 

अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ । नेपालकी इन्दु बर्मा ४ रनमा आउट भइन् । ६ ओभरको खेल सकिँदा नेपालले ३८ रन बनाएको छ । मलेसियाका लागि एल्सा हन्टर ४८ बलमा सर्वाधिक ३९ रन जेड्दै अविजित रहिन् । नेपालकी कविता कुँवरले पहिलो ओभरको पाँचौं बलमा मलेसीयाकी कप्तान विनीफ्रेड दुरासिङ्मालाई शून्यमा एलबीडब्लू आउट गरिन् । वान जुलिया १ रनमा रन आउट भइन् ।

सबनम राईले युस्रिाना याकोपलाई १२ रनमा र एलिसालाई कप्तान रुविना क्षत्रीले १४ रनमा बोल्ड आउट गरिन् । सीता रानामगरले महिरा इस्लामलाई २ रनमा बोल्ड आउट गरिन् । नेपालकी सबनम राईले ४ ओभरमा १ मेडन सहित २७ रन खर्चेर २ विकेट लिइन् । कविता कुँवरले ४ ओभरमा १ मेडन सहित ९ रन खर्चेर १ विकेट लिइन् । सीता रानामगर र रुविना क्षेत्रीले १–१ विकेट लिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर