नेभिगेसन मेनु

नेपाल हङकङसँग ६ विकेटले पराजित
समय:2021-11-23 04:21

काठमाडौं: आइसीसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ। सोमबार दिउँसो आइसीसी एकेडेमी दुबईमा भएको खेलमा हङकङले ६ विकेटले हरायो। पराजयसँगै नेपालको ग्लोबल छनोट कठिन बनेको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ४ रन बनायो। नेपालकी ओपनर सीता राना मगरले सर्वाधिक ४० रनमा अविजित भइन्। उनले ५८ बलमा ४ चौका प्रहार गरिन्।

इन्दु बर्मा ३१ रनमा रन आउट भइन्। उनले ३६ बलमा ३ चौका प्रहार गरेपछि नेपालले हङकङविरुद्ध मध्ययम योगफल तयार पारेको थियो। जवाफी ब्याटिङमा उत्रिएको हङकङले १८ ओभरमा ४ विकेट गुमाउँदै जितका लागि पाएको १ सय ५ रनको विजयी लक्ष्य पूरा गर्यो।

उसका लागि ओपनर मारिको हिलल ४४ रनमा अविजित रहिन्। नेपालका कविता कुँवर, सीता रानामगर र सबनम राईले १–१ विकेट लिए।

बाँकी चारै खेलमा नेपाल विजयी भए र हङकङ कम्तिमा एक खेलमा पराजित भएमात्रै नेपाल ग्लोबल छनोटमा पुग्ने छ। दोस्रो खेलमा नेपालले मंगलबार भुटानसँग खेल्नेछ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर