नेभिगेसन मेनु

वाटफोर्ड र युनाइटेड भिड्दै
समय:2021-11-20 03:49

एजेन्सी । इङ्लिस प्रिमियर लिग अन्तर्गत आज हुने खेलमा वाटफोर्ड र म्यानचेस्टर युनाइटेड भिड्दैछन् । भिकारागे रोडमा हुने खेल नेपाली समय अनुसार राति ८:४५ बजे शुरु हुनेछ ।

आज हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । लिगको पछिल्लो खेलमा म्यानचेस्टर सिटीसँग पराजित भएको युनाइटेड आजको खेल जित्दै विजयी पथमा फर्किन चाहन्छ । युनाइटेड पछिल्लो समय खराब लयबाट गुज्रिरहेको छ । आजको खेलमा सकारात्मक नतिजा नआएको खण्डमा मुख्य प्रशिक्षक ओले गनर सोल्सार बर्खास्तमा पर्न सक्छन् ।

युनाइटेड हाल ११ खेलबाट १७ अङ्क जोड्दै लिगको छैटौं स्थानमा रहेको छ । युनाइटेड शिर्ष स्थानको चेल्सी भन्दा ९ अङ्कले पछि रहेको छ । यता वाटफोर्डपनि आजको खेल जित्दै लिगमा आफ्नो स्थान सुधार गर्न चाहन्छ । हाल वाटफोर्ड ११ खेलबाट १० अङ्क जोड्दै लिगको १७ औं स्थानमा रहेको छ । वाटफोर्डले पछिल्लो ५ खेल मध्य ४ खेलमा हार बेहोर्दा १ खेल जितेको छ ।

दुई टोलीबिच भएको पछिल्लो ११ भेटमा युनाइटेडले ९ खेल जित्दा वाटफोर्डले २ खेल जितेको छ ।

आज हुने लिगको अन्य खेलहरु

लेस्चर सिटी विरुद्ध चेल्सी (बेलुकी ६:१५ बजे)
एस्टोन भिल्ला विरुद्ध ब्रिघटन ( राति ८:४५ बजे)
बर्नली विरुद्ध क्रिस्चल प्यालेस (राति ८:४५ बजे)
न्युक्यासल युनाइटेड विरुद्ध ब्रेन्टफोर्ड (राति ८:४५ बजे)
नर्विच सिटी विरुद्ध साउथह्याम्टन (राति ८:४५ बजे)
वोल्भ्स विरुद्ध वेस्ट हाम युनाइटेड (राति ८:४५ बजे)
लिभरपुल विरुद्ध आर्सनल (राति ९:१५ बजे)

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर