नेभिगेसन मेनु

लिगमा कतार एयरवेजको सहकार्य
समय:2021-11-18 04:04

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबललाई कतार एयरवेजले मुख्य प्रायोजन गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार कतार एयरवेजसँग मुख्य प्रायोजनको सम्झौता गरेको हो।


एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहम्मद इमानले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। ‘ए’ डिभिजन लिगका लागि कतार एयरवेजले एन्फासँग एक लाख ५० हजार अमेरिकी डलरको सम्झौता गरेको हो। कतार एयरवेजले यसअघिको लिगमा समेत मुख्य प्रायोजन गरेको थियो।

सम्झौतापछि बोल्दै कतार एयरवेजका कन्ट्री म्यानेजर मोहम्मद इमानले नेपाली फुटबलको विकासका लागि एन्फासँग सहकार्य गरेको बताए। ‘कतार एयरवेज खेलकुदमा लगानी गर्ने ठूलो संस्था हो। हामीले विश्वका विभिन्न क्लब र संस्थासँग पनि सम्झौता गरेका छौं’, उनले भने, ‘यो सम्झौता नेपाली फुटबलको विकासका लागि हो। हामी नेपाली फुटबलको विकासका लागि सहयोग गर्न पाएकोमा खुसी छौ।’

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले कतार एयरवेजसँगको सम्झौता नवीकरण गर्न पाएकोमा खुसी व्यक्त गरे। ‘आज हाम्रा लागि खुसीको दिन हो। हामीले कतार एयरवेजसँग फेरि सम्झौता नवीकरण गर्ने मौका पाएका छौं’, अध्यक्ष शेर्पाले भने, ‘नेपाली फुटबलको विकासमा सहकार्य गरेकोमा कतार एयरवेजलाई धन्यवाद दिन चाहन्छु।’

शीर्ष डिभिजनको लिग शुक्रबारबाट सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। सातदोबाटो यसै सिजन ‘ए’ डिभिजनमा बढुवा भएको हो। लिगमा १४ क्लबको सहभागिता रहने छ। लिगबाट दुई टोली ‘बी’ डिभिजनमा घटुवा (रेलिगेसन) हुने छन्। फागुन १४ गतेसम्म सञ्चालन हुने लिगमा १३ चरणमा कुल ९१ खेल हुनेछ। 

‘ए’ डिभिजन लिग काठमाडौं उपत्यकाको तीन र पोखरा रंगशालामा पनि खेलाउने योजना एन्फाले बनाएको छ। काठमाडौंको दशरथ रंगशाला, सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र ललितपुरकै च्यासल मैदानलाई लिगका लागि प्रयोग गर्ने तयारी एन्फाको छ। पोखरा रंगशालालाई भने मनाङ मस्र्याङ्दी क्लबले घरेलु मैदानका रुपमा प्रयोग गर्ने भएको छ। ‘ए डिभिजन लिगको विजेताले ७५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर