नेभिगेसन मेनु

इटालीलाई पछि पार्दै स्वीट्जरल्यान्ड विश्वकपमा छनोट
समय:2021-11-16 05:07

स्वीट्जरल्यान्ड अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ मा छनोट भएको छ । गएराति भएको छनोट चरणको अन्तिम खेलमा बुल्गेरियालाई ४-० गोल अन्तरले पराजित गर्दै स्वीट्जरल्यान्ड विश्वकपको लागि छनोट भएको हो ।

समूह ‘सि’ को अर्को खेलमा इटाली नर्दन आयरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएपछि स्वीट्जरल्यान्ड सिँधै विश्वकपमा छनोट हुन सफल भयो । समूह ‘सी’ को विजेता बनेको स्वीट्जरल्यान्डले ८ खेलबाट १८ अंक जोड्यो ।

बराबरीमा रोकिएको इटाली १६ अंक सहित दोस्रो स्थानमा रह्यो । अब, विश्वकपमा स्थान बनाउन इटालीले प्ले अफ खेल्नुपर्नेछ । प्ले अफका खेलहरु मार्चमा हुनेछ ।

स्वीट्जरल्यान्डलाई सानदार जित दिलाउनको लागि नोआओ काफोर, रुवेन भार्गस, सेडरिक इटेन र रेमो फ्रिउलरले समान एक–एक गोल गरे । चारै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर