नेभिगेसन मेनु

टी–२० विश्वकप : नामिबियामाथि भारतको जित
समय:2021-11-09 04:02

संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आईसीसी टी–२० विश्वकपको समूह चरणअन्तर्गत अन्तिम खेलमा भारतले जित निकालेको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा भारतले नामिबियालाई ९ विकेटले पराजित गरेको हो।

टस जितेर भारतले फिल्डिङ राजेपछि नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन बनाएको थियो। जवाफमा भारतले १५.२ ओभरमा १ विकेट गुमाएर १३३ रनको लक्ष्य भेट्टायो। 

भारतका लागि रोहित शर्माले ५६ रन बनाए। त्यस्तै केएल राहुलले ५४ तथा सूर्यकुमार यादवले २५ रन जोडे। नामिबियाका जेन फ्रायलिंकले १ विकेट लिए।

यसअघि ब्याटिङ गरेको नामिबियाका लागि डेभिड विजेले २६ रन बनाएका थिए। त्यस्तै ओपनर स्टेफन बार्डले २१ रन जोडेका थिए। भारतका रविचन्द्र आश्विन र रविन्द्र जडेजाले ३÷३ विकेट लिए भने जस्प्रित बुम्राहले २ विकेट हात पारे।

सेमिफाइनल यात्राबाट बाहिरिसकेको भारतले अन्तिम खेलमा जित निकालेको हो। सुरुवातमै पाकिस्तान र न्यूजिल्यान्डसँग हार व्यहोरेपछि उसलाई सेमिफाइनल यात्रा कठिन बनेको थियो। यद्यपि भारतले पछिल्ला तीन खेलमा भने लगातार जित निकाल्यो।

पहिलो पटक सुपर १२ मा पुगेको नामिबियाले सन्तोषजनक खेल प्रदर्शन गर्दै १ खेलमा जित हात पार्‍यो भने ४ मा पराजित भयो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर