नेभिगेसन मेनु

पाकिस्तान समूह विजेता, अष्ट्रेलियासँग सेमिफाइनल भिड्ने
समय:2021-11-08 04:17

स्कटल्याण्डलाई पराजित गर्दै पाकिस्तान आइसिसी टी-ट्‍वान्‍टी विश्वकपमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ । आइतबार सुपर-१२ को समूह-२ मा रहेको पाकिस्तानले स्कटल्यान्डलाई ७२ रनले पराजित गर्दै समूह विजेताका रुपमा सेमिफाइनल पुगेको हो । 

अब, पाकिस्तानले फाइनल प्रवेशका लागि बिहीबार सुपर १२ को समूह-१ को उपविजेता अष्ट्रेलियासँग खेल्नेछ ।

जितका लागि १९० रनको विजयी लक्ष्य पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११७ रन मात्र बनाउन सक्यो । स्कटल्यान्डका रिची बेरिंगटनले सर्वाधिक ५४ रनमा अविजित रहे । 

यसअघि शारजाहमा टस जितेर ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८९ रन बनाएको थियो । पाकिस्तानका कप्तान बाबर आजमले सर्वाधिक ६६ रनको योगदान दिए । शोइब मलिक ५४ रनमा अविजित रहे ।

सुपर १२ को समूह-२ मा ५ खेलमा अपराजित रहँदै १० अंक बनाएको पाकिस्तान शीर्ष स्थानमा छ । युजिल्यान्डले ५ खेलमा ४ जित र १ हार सहित सहित ८ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको हो । 

पहिलो सेमिफाइनल बुधबार इंग्ल्यान्ड र न्युजिल्यान्डबीच हुनेछ । दोस्रो सेमिफाइनलमा बिहीबार पाकिस्तान र अष्ट्रेलियाबीच हुनेछ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर