नेभिगेसन मेनु

स्वदेश फर्कियो नेपाली युवा फुटबल टोली
समय:2021-11-07 03:47

एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिता खेलेर नेपाली युवा टोली बुधबार स्वदेश फर्किएको छ । ताजिकिस्तानमा सम्पन्न प्रतियोगितामा नेपाल जितबिहीन बनेको थियो । 

प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४–० ले हारेको थियो ।

दोस्रो खेलमा आयोजक ताजिकिस्तानसँग ६–० ले पराजित भएको नेपाल समूहको अन्तिम खेलमा लेबनानसँग पनि ४–० ले पराजित बनेको थियो । जितबिहीन बनेको नेपालले विपक्षी पोष्टमा एक गोल पनि गर्न सकेन । 

प्रतियोगितामा सहभागि ३८ टोलीलाई ११ समूहमा विभाजन गरेर खेलाइएको थियो । प्रत्येक समूहबाट विजेता टोली र उपविजेतामध्येको उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा हुने एएफसी यू–२३ एसियन कपमा स्थान बनाए । नेपाल सम्मिलित समूहबाट इरान विजेता र ताजिकिस्तान उत्कृष्ट चार उपविजेताभित्र स्थान बनाउँदै फाइनल चरणमा स्थान बनाए । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर