नेभिगेसन मेनु

अलमुताइरीलाई खेलकुदमन्त्रीले गरे स्वागत
समय:2021-11-01 03:46

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई स्वागत गरेका छन्। मन्त्री गहतराजले आइतबार मन्त्रालयमा अलमुताइरीलाई स्वागत गरेका हुन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)सँग दुई वर्षको सम्झौता नवीकरण गरेपछि अलमुताइरी शनिबार साँझ नेपाल आइपुगेका थिए। उनकै प्रेरणामा नेपाल पहिलो पटक दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपको फाइनलमा पुगेको थियो। माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग पराजित भएपछि नेपाल उपबिजेता बनेको थियो। 

नेपाललाई ऐतिहासिक सफलता दिलाएपछि नेपाल नफर्कने घोषणा गर्दै उनी नेपाल नआइ कतार पुगेका थिए। एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा कतारमै पुगेर उनीसँग छलफल गर्दै सम्झौता नवीकरणमा सहजीकरण गरेका थिए। त्यसपछि उनी नेपाल फर्किन राजी भएका थिए।

युवा तथा खेलकुदमन्त्री गहतराजसँग छलफल गर्दै अलमुताइरीले नेपाल सरकारले फुटबलमा लगानी बढाउने विश्वास व्यक्त गरे। साफ च्याम्पियनसिपपछि नेपाली फुटबल समर्थक उत्साहित भएकाले सरकारले नेपाली खेलाडीका लागि लगानी बढाउनेमा आशावादी रहेको बताए।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर