नेभिगेसन मेनु

पाकिस्तानको लय कायमै, तेस्रो खेलमा लगातार जित
समय:2021-10-30 03:52

जारी टी–२० विश्वकपमा पाकिस्तानले लय कायमै गरेको छ। आफ्नो तेस्रो खेलमा लगातार जित निकाल्दै लय कायम गरेको हो।

शुक्रबार राति सम्पन्न खेलमा पाकिस्तानले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो।

युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा अफगानिस्तानले टस जितेर ब्याटिङ रोज्दै पाकिस्तानलाई १४८ रनको विजय लक्ष्य दिएको थियो। सो लक्ष्य पाकिस्तानले १९ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो।

पाकिस्तानलाई जित दिलाउन कप्तान बाबर अजामले महत्वपूर्ण अर्धशतकीय पारी खले। उनले ४७ बलको सामना गर्दै ५१ रन जोडे। टप अर्डका ब्याटसमेनले मध्यम ब्याटिङ गरेको पाकिस्तानका लागि छैठौँ क्रममा आएका असिफ अलीले भने विष्फोटक ब्याटिङ गर्दै टोलीलाई जित दिलाए। उनले ७ बलमा ४ छक्का हिर्काउँदै २५ रन बनाए। त्यस्तै फकर जमानले ३० रनको योगदान गरे।

अफगानिस्तानका लागि रशिद खानले २ तथा मुजिब उर रहमानले १ विकेट लिए। त्यस्तै मोहमद नाबी र नवीन उलहकले समान १/१ विकेट हात पारे।

यसअघि ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४७ रन बनाएको थियो। उसका लागि कप्तान नाबी र गुल्बादिन गैबले समान ३५/३५ रन जोडे। टप अर्डरका ब्याटसमेनले भने उल्लेख्य रन बनाउन सकेनन्।

अफगानिस्तानलाई मध्यम स्कोरमै समेट्न पाकिस्तानका लागि इमाद वासिमले २ विकेट लिए। त्यस्तै शहीन शाह अफ्रिदीले १ विकेट लिए।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर