नेभिगेसन मेनु

इङ्ल्यान्डको लगातार दोस्रो जीत
समय:2021-10-29 03:36

इङ्ल्यान्डले आइसीसी टीट्वेन्टी विश्वकप क्रिकेटमा लगातार दोस्रो जीत निकालेको छ। बुधबार भएको खेलमा बंगलादेशलाई आठ विकेटले हराउँदै इङ्ल्यान्डले दोस्रो जीत निकालेको हो। 

आबुधावीको शेख जायद स्टेडियममा बंगलादेशले दिएको एक सय २५ रनको मध्यम लक्ष्य इङ्ल्यान्डले १४.२ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो। इङ्ल्यान्डलाई प्रभावशाली जीत दिलाउन जासन रोयले अर्धशतकीय पालि खेले। उनले ३८ बलमा तीन छक्का र पाँच चौकाको मद्दतमा ६१ रन बनाए। 

यसै गरी डाविड मालनले अविजीत २८ रन बनाउँदा जस बटलरले १८ रनको योगदान दिए। बंगलादेशका सोरिफुल इस्लाम र नासुम अहमदले एक-एक विकेट लिए। 

यसअघि टस जीतेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय २४ रनको योगफल खडा गरेको थियो। बंगलादेशका मुस्फिकुर रहिमले सर्वाधिक २९ रन बनाए। यसै गरी मोहमुल्लाह र नासुम अहमदले समान १९, नुरुल हसनले १६ र मेहन्दी हसनले ११ रन बनाए। 

बंगलादेशलाई कम योगफलमा समेट्न इङ्ल्यान्डका ताइमल मिल्सले तीन विकेट लिए। यसै गरी मोइन अली र लाइम लिभिङस्टोनले दुई-दुई विकेट हात पारे। 


समूह ‘एक’मा रहेको इङ्ल्यान्डले लगातार दोस्रो जीत निकालेको हो। इङ्ल्यान्डले यसअघि साविक विजेता वेस्ट इन्डिजलाई ६ विकेटले पराजीत गरेको थियो। जीतसँगै इङ्ल्यान्ड समूहको शीर्ष स्थानमा पनि उक्लिएको छ। इङ्ल्यान्डले दुई खेलबाट चार अंक जोडेको छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर