नेभिगेसन मेनु

पाकिस्तानको लगातार दोस्रो जित, न्युजिल्याण्ड ५ विकेटले पराजित
समय:2021-10-27 03:55

पाकिस्तानले आइसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ। सारजाहमा मंगलबार राति भएको खेलमा न्युजिल्याण्डलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले लगातार दोस्रो जित निकालेको हो।

यसअघि पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो। न्युजिल्याण्डले भने हारबाट विश्वकपको सुरुआत गरेको छ।

न्युजिल्याण्डले दिएको १ सय ३५ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

पाकिस्तानको जितमा मोहमद रिजवानले ३३ रन जोडे। त्यस्तै शोयब मलिक र आसिफ अलीले अविजित रहँदै समान २७ रन बनाए। त्यस्तै फखर जमान, मोहमद हाफिज र इमाद वासिम समान ११ रनमा आउट भए। कप्तान बाबर आजम ९ रनमा आउट भए।

न्युजिल्याण्डका इश सोधीले २ विकेट लिए। मिचेल स्टानर, टिम साउथी र ट्रेन्ट बोल्टले १/१ विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो। न्युजिल्याण्डका लागि डेभोन कोन्वे र डार्य्ल मिचेलले २७/२७ रन जोडे।

कप्तान केन विलियम्सनले २५ रन जोड्दा मार्टिन गुप्टिलले १७ तथा ग्लेन फिलिप्सले १३ रन बनाए। पाकिस्तानका हरिस राउफले ४ विकेट लिए। शहिन साह अफ्रिदी,इमाद वासिम र मोहमद हाफिजले १/१ विकेट लिए।

जितसँगै पाकिस्तानले २ खेलमा ४ अंक जोडेको छ। समूह २ मा रहेको पाकिस्तान शीर्ष स्थानमा छ। न्युजिल्याण्ड अंकविहीन रहेको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर