नेभिगेसन मेनु

नेपाल इरानसँग ४–० ले पराजित
समय:2021-10-26 04:48

एएफसी यू–२३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल इरानसँग पराजित भएको छ । ताजकिस्तानको दुसन्बेमा भएको खेलमा नेपाल बलियो इरानसँग ४–० गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफमा इरानलाई रोकेको नेपालले दोस्रो हाफमा भने कमजोर प्रदर्शन गर्‍यो । फिफा वरीयतामा एसियाको शीर्षस्थानमा रहेको इरानले दोस्रो हाफमा ४७, ७७, ७९ र थपिएको तीन मिनेटमा लगातार गोल गर्‍यो ।

इरानको जीतमा हुसेनले २ गोल गरे । यस्तै, मेहदी र यासिनले १–१ गोल गरेका थिए । हुसेनले खेलको ७७ र ७९ मिनेटमा गोल गरे भने मेहदीले खेलको ४७ मिनेटमा गोल गर्दा यासिनको नाममा अन्तिम गोल रह्यो । बलियो इरानविरुद्ध नेपालले सुरुवाती क्षणबाट नै रक्षात्मक खेल खेलेको थियो ।

यसअघि पामिर स्टेडियममा पहिलो हाफको १७ मिनेटमा इरानका कप्तानले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा पहिलो खेल बराबरीमा सकिएको थियो । नेपालका डिफेण्डर अभिषेक लिम्बूले इरानका खेलाडीलाई बक्सभित्र लडाएपछि रेफ्रीले इरानलाई पेनाल्टी मौका दिएका थिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर