नेभिगेसन मेनु

ईपीएल क्रिकेटः चितवन पुग्यो फाइनलमा
समय:2021-10-08 03:35

चितवन टाइगर्स चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा बुधबार भएको पहिलो क्वालिफायरमा पोखरा राइनोजलाई ९ विकेटले हराउँदै चितवन फाइनलमा पुगेको हो ।

चितवन पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो । पोखराले दिएको ६७ रनको लक्ष्य चितवनले ७ ओभर ५ बलमा १ विकेटको क्षतीमा पूरा गर्यो ।

चितवनको जितमा मोहमद साहजदले सर्वाधिक ४८ रन बनाए । उनले २६ बलमा ७ चौका र २ छक्का प्रहार गरे । यस्तै हसिम अन्सारीले अविजित १४ रन जोडे । करिम जनत ४ रनमा अविजित रहे । 

पोखराका नन्दन यादवले १ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा १५ ओभरमा अलआउट हुँदै ६६ रन बनाएको थियो । पोखराका लागि रिचार्ड लेभीले सर्वाधिक १९ रन बनाए । सुनिल धमलाले १८ रन जोड्दा सुशन भारीले १२ रन बनाए ।

लोकेश बम ५,सहन अर्चाचिगे ३, बिक्रम सोब ३, विवेक यादव २, असेला गुनारत्ने १ रनमा आउट भए । कप्तान विनोद भण्डारी र नन्दन यादव सुन्य रनमा आउट हुँदा किशोर महतो १ रनमा अविजित रहे । 

पोखरालाई सस्तैमा समेट्न चितवनका सागर ढकाल र शाहब आलमले ४–४ विकेट लिए । सोमपाल कामी र करिम जनतले १–१ विकेट लिए ।अब चितवनले फाइनलमा दोस्रो क्वालिफायरको विजेतासँग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ ।

पोखराले भने फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरको मौका पाउने छ । दोस्रो क्वालिफायरमा पोखराले एलिमिनेटरको विजेतासँग खेल्नेछ । बुधबार नै हुने एलिमिनेटरमा काठमाडौं किङ्स–११ र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुनेछ । यस खेल दिउँसो १ः३० बजे सुरु हुनेछ । प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर