नेभिगेसन मेनु

राजस्थानमाथि मुम्बईको सानदार जित
समय:2021-10-06 03:48

आइपीएलमा मुम्बई इन्डियन्सले जित निकालेको छ। सारजाहमा मंगलबार भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको हो।

राजस्थानले दिएको ९१ रनको लक्ष्य मुम्बईले ८ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो। मुम्बईको जितमा इशान किशनले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेले।

त्यस्तै कप्तान रोहित शर्माले २२ रन जोड्दा सूर्यकुमार यादवले १३ रन बनाए। हार्दिक पाण्डयले अविजित ५ रन बनाए।

राजस्थानका मुस्ताफिजुर रहमान र चेतन साकरियाले १/१ विकेट लिए। पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर ९० रन बनाएको थियो। राजस्थानका इभिन लेविसले सर्वाधिक २४ रन जोडे।

डाभिड मिलरले १५ रन जोड्दा यासभी जैसवाल र राहुल टेवाटियाले समान १२/१२ रन जोडे। राजस्थानका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

मुम्बईका नाथन कल्टर निलले ४ विकेट लिए। जेम्स निशमले ३ तथा जस्प्रित बुम्राहले २ विकेट लिए। यस जितसँगै मुम्बईले प्ले अफ सम्भावना कायम राखेको छ।

मुम्बई १३ खेलमा १२ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ। राजस्थान १० अंक जोडेर सातौं स्थानमा रहेको छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर