नेभिगेसन मेनु

साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्ससँग खेल्ने
समय:2021-10-01 05:45

आज माल्दिभ्सको राजधानी मालेमा साफ च्याम्पियनसिप फुटबल सुरु हुँदैछ । आज नेपालले आयोजक मुलुक माल्दिभ्ससग पहिलो खेल खेल्दैछ। खेल नेपाली समय अनुसार राति पाउने दस बजे सुरु हुनेछ।

पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य बोकेको नेपालले पनि आजैबाट आफ्नो उपाधिको यात्रा सुरु गर्नेछ। प्रशिक्षक अब्दुल्लाह अलमुतारीको प्रशिक्षणमा रहेको नेपाली टिम पहिलो पटक च्याम्पियन बन्ने दाउमा छ। त्यसका लागि नेपालले ३ महिलादेखि प्रशिक्षण गरेको छ। यसबीच नेपालले भारतसँग २ र ओमानसँग १ मैत्रीपूर्ण खेल पनि खेलेको छ।

युवा खेलाडीले भरिएको नेपाली टिमले पछिल्लो समय राम्रो प्रदर्शन गरेकाले नेपाली टिम उत्साहित छ। नेपाली टिम कतारमा २ साता प्रशिक्षण गरेर उतैबाट माल्दिभ्यस पुगेको हो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर