नेभिगेसन मेनु

साफ च्याम्पियनशीप फुटबलमा नेपाल र माल्दिभ्सबीच पहिलो खेल हुने
समय:2021-09-27 03:52

माल्दिभ्सको राजधानी मालेमा यही अशोज १५ गतेदेखि सुरु हुने साफ च्याम्पियनशीपमा पहिलो दिनमै नेपालको खेल हुने भएको छ।

नेपालले पहिलो दिनमै आयोजक मुलुक माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नु पर्ने छ। सो खेल स्थानीय समय अनुसार राती ९ बजे सुरु हुनेछ।  पहिलो दिनमा श्रीलंका र बंगलादेशबीच अर्को खेल हुने कार्यक्रम छ।

दुई दिन बिश्राम पछि नेपालले श्रीलंकासंग खेल्नेछ। त्यसपछि नेपालले भारत तथा बंगलादेशसंग खेल्ने तालिका सार्वजनिक गरिएको छ।

प्रतियोगिताको फाईनल अशोज ३० गते बिहान ८ बजे हुने कार्यक्रम रहेको छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर